सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मतपत्र च्यात्नेसँग अंगालोमा बेरिँदै देवी ज्ञवाली

भरतपुर महानगरपालीकाको स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहालका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरका कारण चर्चामा छन् ।

मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्मेद्वार देवी अगाडी थिए, यसैक्रममा उम्मेदवार रेणु दाहाल समर्थक द्रोणबाबु शिवाकोटी र वाईसियल अध्यक्ष मधु न्यौपानेले एमालेको मतपत्र च्यातेका थिए र प्रहरीको पक्राउमा पनि परेका थिए ।

च्यातिएको मतपत्रको कारण लामो समय स्थगित मतगणना अदालतले पूनः मतदान गर्न आदेश दिएपछि भएको मतदानमा देवी ज्ञवालीको हार भएको थियो । हार पछि ज्ञवाली निकै आक्रोशित हुनुका साथै मतपत्र च्यातिएको र नियोजीत रुपमै आफ्नो हार भएको बताउँदै आएका थिए ।

पछिल्लो समय बाम गठबन्धन पछि बितेका कुराहरु राजनीतीक परिस्थीती मात्र हो भन्दै तिनै देवी ज्ञवाली हिजो आज प्रचण्डलाई जिताउने प्रचारप्रसारमा अग्र भागमा देखीन थालेका छन् ।

केहि समय अघि मात्र प्रचण्ड पुत्र प्रकाश दाहालसंग सेल्फी खिचेको प्रसङ्ग सेलाउन नपाउंदै मतपत्र च्यात्ने द्रोण शिवाकोटीको साथ अंगालोमा बेरींदै फोटो खिच्नमा मस्त छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्