सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भोलि ११ बजे के हुन्छ देखाउँला ; प्रधानमन्त्री

बिहिबार बस्ने तयारी गरिएको व्यवस्थापिका संसदको बैठक सरकार विरुद्ध ल्याउन लागीएको अविश्वासको प्रस्तावका कारण तनावपुर्ण हुने संकेत देखिएको छ । बिहिबार बस्ने संसद बैठकमा प्रतिपक्ष कांग्रेस र सरकारबाट बाहीरीएको माओवादीले दर्ता गरेको अविस्वास प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ ।

कांग्रेस र माओवादीले ल्याउन लागेको अविश्वासको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफुप्रतिको ईस्र्या प्रस्ताव भएको टिप्पणी गर्नुभएको छ । अविश्वास प्रस्ताव आफु नेतृत्वको सरकारको लोकप्रियताबाट डराएकाहरुले ल्याएको ईश्र्या प्रस्ताव भएकाले यसको कुनै औचित्य नभएको प्रधानमन्त्री वलीले बताउनु भएको छ ।

राजधानीमा भएको जिफन्टको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त बैठकलाई सहज रुपमा चल्न नदिने संकेत गर्नुभएको छ । प्रधानमन्त्रीले अविस्वासको प्रस्ताव संसदमा छिर्नै नदिने बताउनु भएको छ ।

‘भोलि हामी ११ बजे के हुन्छ देखाउँला । बलजफ्ती गर्न नखोज्नु राम्रो हुन्छ’, ओलीले भन्नुभयो, ‘म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । अविस्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नौँ ।’

KP Oli Priminister of Nepal

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार जसरी पनि हटाउने प्रपञ्च रचिएको बताउनु भयो । आफ्नो सरकारले मजदुर, किसान लगायत सबै वर्ग र पेशाका नागरिकको पक्षमा काम गरेकाले त्यही डाहा र ईस्र्याले प्रस्ताव ल्याइएको प्रधानमन्त्रीले दाबी गर्नुभएको छ ।

उहाँले कांग्रेस–माओवादीलाई संकेत गर्दै भन्नुभयो, ‘हल गोरु जसरी प्रस्ताव दर्ता गर्न जाने र पछि आएर राजीनामा माग्ने यो कस्तो तरिका हो ? राजीनामा मागेको हो कि अविस्वासको प्रस्ताव दर्ता गरेको हो ?’

प्रधानमन्त्री ओलीले आफ्नै सक्रियताले तराईमा आन्दोलन तथा नाकाबन्दी असफल भएको भन्दै माओवादी कांग्रेसको चर्को आलोचना गर्नुभएको छ । अहिले पनि केही मान्छे रहरका हिसावले मधेस आन्दोलन भन्दैछन, उहाँले भन्नुभयो, ‘रहर बाहेक केही छ ? छ भने जायज माग त पुरा गर्छु भनेकै छु ।’

आफूले काम गर्दा पनि विरोध गरेको भन्दै उहाँले भन्नुभयो, ‘कखरा चिनेका मान्छेले के मा विरोध गर्ने थाहा पाउनुपर्छ नि । केही जीवीहरु छन् । बुझ्दैनन् ।’

कांग्रेस माओवादीले दुई तिहाइको दम्भ देखाएको भन्दै त्यस्तो हो भने संविधान संशोधन गर्न प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँहरुले दुई तिहाईको धाक लगाउनु भएको छ, दुई तिहाइमा संविधान संशोधन गरे भइहाल्यो नि ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्