सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सि जिनपिङलाई उत्तरकोरीयाबारे के भने ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् । हाल चीन भ्रमणको क्रममा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई यस्तो अग्रह गरेका हुन् ।

उनले भने, चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ । उनले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ ।

चिनको राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै ट्रम्पले चीनलाई यस्तो आग्रह गरेका हुन् । उनी बुधबार चीन पुगेका हुन् । राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने, मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि, जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।

बिहीबार राष्ट्रपति ट्रम्पले विभिन्न मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उनले त्यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उनी निकै आक्रामक बन्दै आएका छन् । राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए ।

उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह समेत गरेका छन । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए । सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति जिनपिङसँगको भेटका क्रममा पनि दोहो¥याएका थिए । उनले चीनका व्यापारिक प्रतिनिधिमण्डल हुन् वा जुनसुकै मञ्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराणा राख्ने गरेका छन् ।

कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छः राष्ट्रपति जिनपीङ

यसैबीच चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका छन् । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति जिनपिङले भने, ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

बिहीबार उनीहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्ने बताएका थिए । उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्