सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

९० बर्षिय पुर्वप्रधानमन्त्री किर्तिनिधि बिष्टको निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० बर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएको छ । पुर्वप्रधानमन्त्री बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । बिष्टको शनिबार बिहान साढे १० बजे निधन भएको परिवारिक स्रोतले बताएको छ ।

पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । बिष्ट तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । उनको जन्म वि.स. १९८३ माघ २ गते काठमाडौंको ठमेलमा भएका थियो ।

बिष्ट पहिलो पटक बि.स. २०२५ चैत २५ देखी वि.स.०२६ चैत ३१ सम्म प्रधानमन्त्री भएका थिए । दोस्रो पटक उनी २०२८ साल वैशाख १ गते देखी ०३० को साउन १ सम्म प्रधानमन्त्री भएका थिए । तेस्रो पटक उनी २०३४ साल बैशाख ३० देखी ०३६ साल जेठ १६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

बिष्ट दोस्रो पटक प्रधानमन्त्री भएका बेला ०३० साल असार २५ गते सिंहदरबारमा आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएपछी सोही कारण उनलाई नैतिकवान नेताका रुपमा चिनिने गरीन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछी ०६१ माघ १९ गते उनी मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS