अमेरिकामा आफैं एप्लाई गर्न सकिन्छ विद्यार्थी भिसा
नेपालमा १२ कक्षा वा सो सरहको पढाई पुरा गरेको जो कोहीले पनि अमेरिकामा विद्यार्थी भिसाका लागि आवेदन गर्न सक्छन् । त्यो बाहेक, अधिकांश अमेरिकी विश्वविद्यालयले स्नातक तहको लागि टोफेल/आइइएलटीएस र मास्टर लेभलको लागि जि-म्याट/जिआरइ पनि नभई भर्ना दिदैनन् । फरक फरक विश्वविद्यालयको Minimum Test Score Requirement फरक-फरक हुन सक्छ । उदाहरणको लागि टोफेल IBT मा कतिले ६१ भए नि मान्दछन् त कतिले ७९ नभै भर्ना दिदैनन् ।
अर्को महत्त्वपूर्ण कुरा यी Test को मार्क सिट तपाईँ आफैंले पठाएर हुँदैन (आइइएलटीएसको चाहिँ हुन्छ), TEST लिने को Website (online) बाट Request गरेर “मेरो Score फलानो विश्वविद्यालयमा पठाईदे” भनेर भन्नुपर्छ । अझ राम्रो त के हुन्छ भने, Test दिनु अघि नै आफूले भर्नाको लागि Apply गर्न लागेको विश्वविद्यालयको नाम थाहा हुने हो भने, Test को लागि अनलाइनमा Date लिँदा र Test Fee तिर्दा नाम दिने हो भने, बढीमा चार ओटासम्म विश्वविद्यालयलाई तपाईँको Test Score (Mark Sheet) पठाई दिन अनुरोध गर्न सकिन्छ । त्यतिबेला नगरेर पछि गर्ने हो भने सोही कुराको लागि एउटा विश्वविद्यालयलाई Score पठाई दिएको २० डलरसम्म लाग्छ ।
टोफेल/आइइएलटीएस/जि-म्याट/जिआरइ नभए पनि भर्ना दिने विश्वविद्यालयको बारेमा तल पढ्नुहोस् ।
योग्य हुनेले पहिला गर्ने भनेको विश्वविद्यालय खोज्ने हो । अनलाइनबाट खोज्न सकिन्छ । आफ्नो चिने-जानेको, आफन्त वा साथी, वा साथीको पनि साथी USA गएको छ भने कुन विश्वविद्यालयमा गएको छ सोध्नुस्, यसो बुझ्नुस् काठमान्डौंका Consultancy ले कुन विश्वविद्यालयमा पठाउने गर्छन् । विश्वविद्यालयको Website मा गएर International Student Page मा गएर भर्नाको लागि Process के रहेछ, पढ्नुस् । Application कसरी भर्ने ? Application फी लाग्छ ? लाग्छ भने कति लाग्छ ? कसरी तिर्ने ? Application भरेपछि SLC, +2 को Transcripts लगायतको Documents पठाउनु पर्छ, बुझ्नुस, यो विश्वविद्यालयले इमेलमा scan गरेर पठाए पनि मान्दछ कि DHL/UPS बाटै (Hard Copy) पठाउनु पर्ने हो ? केही नबुझेको प्रश्न भए विश्वविद्यालयलाई इमेल लेख्नुहोस् ।
बुझ्नुस् विश्वविद्यालयको एक Semester (वा एक वर्ष) को खर्च कति लाग्छ ? टोफेल/आइइएलटीएस/जि-म्याट/जिआरइ चाहिन्छ कि चाहिन्न ? चाहिन्छ भने कम्तिमा कति Score चाहिने हो ? कुनै प्रक्रारको Scholarship दिन्छ कि ? कति विश्वविद्यालयले नयाँ आउने विद्यार्थीलाई यत्तिकै पनि Scholarship दिन्छन् । (उदाहरण : Texas Wesleyan विश्वविद्यालय, Saginaw Valley State विश्वविद्यालय) कतिमा भने तपाईँले आफैंले Apply गर्नुपर्छ । VISA पाउनको लागि धेर-थोर जति भए नि Scholarship भयो भने Plus Point हुन्छ ।
सकेसम्म एउटाभन्दा धेरै विश्वविद्यालयमा Apply गरेको राम्रो । कति विश्वविद्यालयले एकदमै ढिलो Response गर्छन् । भर्नाको निवेदन दिनको लागि अनलाइन Application भर्नुस् । अनलाइन Application भर्न तपाइको इ-मेल ID हुनैपर्छ। Application मा तपाईँको व्यक्तिगत जानकारी, SLC र +२ को बारेमा, आफूले पढ्न चाहेको Course, Passport/नागरिकता लगायतका बारेमा जानकारी भर्नुपर्छ । साथै विश्वविद्यालयले तपाईँलाई I-20 (बुझ्ने भाषामा भन्दा – तिमीलाई हाम्रो विश्वविद्यालयमा भर्ना दियौं भन्ने प्रमाण) पठाई दिनको लागि नेपालको भरपर्दो ठेगाना पनि दिनुस् ।
अनलाइन Application भरेपछि तपाईँको Next Step भनेको Application Fee तिर्ने अनि तपाईँको Documents विश्वविद्यालयलाई पठाउने हो । Application Fee अनलाइनबाट तिर्न मिल्छ कि, बैंक ट्रान्फर गरेर हुन्छ कि बुझ्नुस् ।
Documents पठाउँदा याद राख्नु पर्ने दुई वटा कुरा :
पहिलो SLC/+2 को मार्क सिट लगायतका Documents को Copies (Scan गरेर email मार्फत पठाउँदा होस् या हुलाकबाटै (DHL गरेर) पठाउदा होस्) त्यो Copies हरु प्रमाणित (attest) गरेको हुनै पर्छ ।
दोस्रो, Scan गरेर इ-मेल मार्फत् पठाउँदा इ-मेल Id राम्ररी Check गरेर पठाउनु । अनि DHL गरी पठाउँदा विश्वविद्यालयको ठेगाना सही हो हैन भनेर जाँच गर्न नभुल्नु होला । Documents पठाए पछि आफ्नो भर्ना को Status के छ भनेर एक दुई हप्तापछि इ-मेल गरेर Follow-Up गरेको राम्रो । कुनै Documents छुटेको भए विश्वविद्यालयले इ-मेल गरेर सोध्ने छ । सबै कुरा पुगेपछि चार हप्तादेखि दुई महिना भित्र तपाईँले I-20 र Acceptance Letter पाउनु हुनेछ । I-20 हात परेपछि तपाईँको अर्को Step भनेको SEVIS Fee तिर्ने, VISA को लागि Application भर्ने र Date लिने हो ।
केही विश्वविद्यालयले बिना टोफेल/आइइएलटीएस/जिआरइ/जि-म्याट पनि भर्ना दिन्छन् । यसरी भर्ना दिने कतिले Conditional भर्ना मात्रै दिन्छन् र I-20 मा पनि Conditional भर्ना भनेर लेखिदिन्छन् । कतिले चाहिँ तपाईँले पढ्ने Course मै भर्ना दिन्छन् र I-20 मा पनि तपाईँले पढ्ने Course नै लेखेको हुन्छ । VISA Interview मा किन टोफेल/आइइएलटीएस/जिआरइ/जि-म्याट नगरेको भनेर सोधीहाले जवाफ दिन तयार रहनु पर्दछ । साथै यहाँ आएर पछि तपाईँले आफू आएको विश्वविद्यालय छोडेर अर्कोमा ट्रान्सफर गर्छु भन्नुभयो भने झमेला हुन सक्छ । उदाहरणको लागि तपाईँ ट्रान्सफर गरेर जान चाहेको विश्वविद्यालयले भर्ना नदिने वा दिए पनि English Language Class मा मात्र दिने हुन सक्छ ।
Gap भए पनि भर्ना को लागि Apply गर्न सकिन्छ । बरु VISA Interview मा चाहिँ दुई-चार प्रश्न धेरै भने पक्कै सोध्ने छ ।
(केही जिज्ञासा भए लेखकलाई (AskPradip@yahoo.com) इमेल लेख्नसक्नु हुनेछ।)
यो लेख सेतोपाटीबाट जस्ताको तस्तै कपि गरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्