सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रसुवागढी नाकाबाट १७ किलो अबैध सुन बरामद

चीनसँगको रसुवागढी भन्सार नाकाबाट अबैध रुपमा भित्र्याईएको १७ केजी सुनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बा ११ च ७९१८ नम्बरको बोलेरो जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन बिहान १० बजे रसुवागढी नाकाबाट समातिएको रसुवाका प्रहरी प्रमुख शरतकुमार थापाले बताएका छन । केरुङबाट गाडीले चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको थियो ।

विषेश सुराकीबाट केरुङबाट सुन आउँदै छ भन्ने थाहा पाएपछि प्रहरी नायव उपरिक्षक थापा रसुवागढी नाकामा शनिबार बिहानदेखि आफैं चेकजाँचमा खटिएका थिए । बोलेरो जिपमा छुर्पी २ बोरा, न्यापकिन र ट्वाइलेट पेपर ल्याइएको थियो ।

जिप जाँचको क्रममा त्यही सामानभित्र लुकाएर ल्याएको १७ किलो सुन भेटिएको हो । जिप चालक पार्वतीकुण्ड गाउँपालिका–५ का ३१ वर्षीय कर्साङ दावा तामाङलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार अहिले सुन र गाडी कसको हो ? भन्नेबारे अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्