प्रकाशलाई दिए प्रचण्डले भावविव्हल हुँदै दागवत्ति
हृदयघातका कारण असामयीक निधन भएका प्रकाश दाहाललाई बुवा पुष्पकमल दाहाल प्रचण्डले दागवत्ति दिएका छन । हिँजो आमालाई सामान्य सञ्चो छैन भनेर सुतेका प्रकाश बिहान आमा उठाउन जाँदा मृत अवस्थामा फेला परेका थिए ।
प्रकाश दाहालको आजै पसुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । प्रचण्डले छोरा प्रकाशको अन्त्यष्टीमा दागवत्ती दिएका थिए । माला लगाएर श्रद्धाञ्जली दिएपछि उनले दागवत्ति दिएका हुन् । उनले सम्हालिँदै आर्यघाटमा भेला भएका सर्वसाधारणलाई हात उठाएर सान्तवना मागेका थिए ।
यसअघि नर्भिक अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिर पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर प्रकाश दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नयाँ शक्तिका बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायत सबै नेता पेरिसडाँडा पुगेका थिए ।
प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक हस्पिटलले जानकारी गराएको छ । हस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५ः५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो ।
अस्पताल ल्याउँदा उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५ः५९ मिनेटमा मृत घोषणा गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्