जापानमा अमेरिकी सेनालाई रक्सि खान प्रतिबन्ध
अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ । ओकिनावा टापुमा रक्सी सेवन गरेका आफ्ना एक जना सैनिक गम्भीर सवारी दुर्घटनामा संलग्न भएको पाइएपछि सोमबार यस्तो निर्णय गरिएको हो ।
ओकिनावामा रहेका सैनिकलाई उनीहरुकै आवास वा अखडामा बस्न भनिएको छ । आइतबार मात्र अमेरिकी सेनाले चलाएको ट्रक मिनि भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा नाहाका ६१ वर्षिय हिदेमासा ताइराको मृत्यु भएको थियो ।
ट्रक चालक अमेरिकी सैनिक अधिकारी २१ वर्षिय निकोलस जेम्स म्याकलिनले सवारी चलाउँदा अत्यधिक मादकपदार्थ सेवन गरेको पाइएको थियो । ओकिनावामा २६ हजार अमेरिकी सेना रहेका छन् । तर, स्थानीयले भने अमेरिकी सेनाको विरोध गर्दै आएका छन् ।
उनीहरुले सेनासंग जोडिएका अपराध र दूर्घटनाप्रति आपत्ति जनाउँदै आएका छन् । ओकिनावा अमेरिका–जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्साको रुपमा रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्