यो उमेरमा कसैलाई पनी यस्तो नहोस । कामना ।
प्रकाश दाहालकी पत्नी विना मगरलाई नेकपा एमालेकी नेतृ निरु पालले मर्मस्पर्शी पत्र लेखेकी छन् । विनालाई बहिनी भनेर सम्बोधन गर्दै पालले पति बियोगको पीडा व्यहोर्नेलाई मात्र थाहा हुन्छ भन्दै आफ्नो विगतको पीडा पनि उनले स्मरण गरेकी छन् ।
पालका पतिको केही समयअघि निधन भएको थियो । उनले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्न र हिम्मत नहार्न विनालाई भनेकी छन् ।
निरु पालले विना मगरलाई लेखेको पत्र यस्तो छ;
पति बियोगको पीडालाई आफ्नो शक्ति बनाउनुस वैनी विना मगर । यो दुःखको घडीमा हिम्मत नहार्नुस । आफ्नो जीवन साथीको साथ सँधैका लागि गुमाउनु पर्दाको पीडा त्यसलाई मात्र थाहा हुन्छ, जसले त्यो पीडा ब्यहोरेको हुन्छ ।
तर के गर्ने ? सहनु र हिम्मत गरेर अगाडी बढ्नुको विकल्प छैन । हिँजोसम्म तपाई सानो छोराको आमा मात्रै हुनुहन्थ्यो । अब तपाई त्यो अबोध बालकको आमा बुबा, प्रचण्ड र सीता कमरेडको छोरा प्रकाश पनी । तपाई बुहारी र छोरी पनी, तपाई कञ्चनपुरे छोरी मात्रै नभई नेता पनी हो ।
तपाई साथसाथै प्रकाश भाईको सपना पनी पुरा गर्नुछ तपाईले । त्यसैले तपाईले हिम्मत गर्नैपर्छ र गर्नु पनी हुनेछ । तपाई एउटा सामान्य घरभित्र मात्रै सिमित हुने महिला होइन । तपाईलाई यो शोकको घडीलाई शक्तिमा बदलेर अगाडी बढ्न हिम्मत मिलोस ।
धैर्यधारण गर्ने शक्ति मिलोस । भाई प्रकाशप्रति फेरि पनी भावपुर्ण हार्दिक श्रद्धान्जली । अत्यन्तै दुखद समाचार यो उमेरमा कसैलाई पनी यस्तो नहोस । कामना ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्