चुनावको मुखमा किन गए पुर्वराजा धुलिखेल ?
चुनावको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोकको धुलिखेल गएका छन् । पुर्वराजा शाह बुधबार दिउँसो पत्नी कोमल र बुहारी हिमानीसहित धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा बस्ने गरी गएका हुन् ।
शाही परिवारका लागी द्वारिकाज रिसोर्टमा चार ओटा कोठा बुक गरिएको बताइएको छ । स्रोतका अनुसार छोरा पारस र एउटी नातिनी भने धुलिखेल गएका छैनन् ।
धुलिखेल बसाइका क्रममा पूर्वराजा शाहले काभ्रेका केही स्थानीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विशुद्ध पारिवारिक बताइएको उनको धुलिखेल बसाइबारे सुरक्षा निकायले विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्