सिराहामा गोली चल्यो, एक प्रहरी र म्यादी प्रहरी घाईते
सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर दुई जना घाईते भएका छन । घाईते हुनेहरु एक प्रहरी जवान र एक जना म्यादी प्रहरी रहेका छन । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखामा गोली लागेको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भइसकेका छन । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्