सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बम बिष्फोट

एकपछी अर्को बम बिष्फोटका घटना भईरहेका बेला झापा स्थित कांग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा पनि बम विष्फोट गराईएको छ ।

बम बिष्फोटबाट सिटौलाको घरको पर्खालको ईँटा भत्किएको छ । प्रहरीले जनाए अनुसार नेता सिटौलाको सदरमुकाम चन्द्रगढीमा रहेको घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट गराईएको हो ।

बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बताएका छन । बम बिष्फोट सोमबार राति १२ः४५ बजेतिर भएको प्रहरीले बताएको छ ।

बम बिष्फोट हुँदा नेता सिटौला परिवारसहित घर भित्रै थिए । झापा प्रहरीले बम बिष्फोटमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्