सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हुम्लाको सिमकोटमा तारा एयरको बिमान दुर्घटना

हुम्लाबाट सुर्खेत उड्न लागेको तारा एयरको ९एन–एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् ।

हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ ।

प्रदेश नं. ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दका अनुसार हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको हो ।

एआईजी चन्दका अनुसार विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन् । उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जहाजमा चुनावमा सुरक्षाका लागी गएका १३ जना जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्