सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुई बर्षीया छोरी हत्या अभियोगमा आमा पक्राउ

दुई बर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव मंसिर ७ मा फेला परेको थियो ।

घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो । उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । खातुनलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो ।

प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नीजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् । पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन् ।

सोहीअनुसार नेजमाले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदबारले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्