कालिकोटमा जिप दुर्घटना, ३ को मृत्यु, ६ जना घाईते
मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मुगुबाट सुत्केरी महिलासहित ९ जना यात्रु लिएर बोलेरो जिप नेपालगंज जाँदै थियो ।
दुर्घटनामा घाईते हुनेहरुमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम कार्की, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको प्रहरीले जनाएको छे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्