त्रिशुलीमा खसेको बस २५ फिट तल, निकाल्ने तयारी
बुधबार बिहान सवा ९ बजे चितवनको फिस्लिङमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको नमस्ते अर्घाखाँचीको यात्रुवाहक बस फिस्लिङबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा परी २१ जना घाईते भएका छन । त्रिशुलीमा खसेको लु २ ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन ।
अहिले बसलाई क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ । पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाहा हुन नसकेको गोताखोरले जनाएका छन ।
दुर्घटनामा परेको बस काठमाडौंबाट बिहान ५ः४० बजे २८ जना यात्रुको चलानी लिएर हिँडेको थियो । ७ जना मृतक मध्ये १ जनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा देवदह–१०, गोदाहका विक्रम पाण्डे रहेका छन । उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ ।
उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागी काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि काठमाण्डौ लगिएको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्