सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परपुरुषको सम्बन्धबाट जन्मेको शिशुको हत्या

आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा नुवाकोटको तार्केश्वर गाउँपालिका–२ की सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कैलाश भट्टराईले नवजात शिशुको हत्या भएको पुष्टि गरेका छन । परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्