प्रत्यक्षतर्फ १३७ सिट जित्ने बामगठबन्धनको दाबी
एमाले महासचिव ईश्वर पोखरेलले पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनले १३७ सिट जित्ने दावी गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बिहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन ।
महासचिव पोखरेलले भने–‘पहिलो चरणमा अनेक ठाँउमा बम आतंककाबीच उत्साहपूर्ण मतदान भएको छ, त्यसमा प्रतिनिधिसभा सदस्यका ३७ सिट मध्ये ३२ मा हामी जित्छौ । अब दोस्रो चरणमा हुने चुनावमा १२८ मध्ये एक सयदेखि १०५ सिटसम्म जित्छौं ।’
काठमाडौ जिल्लामा एकदुई सिट चिप्ले पनि अधिकांशमा वाम गठबन्धनले जित्ने दावी उनको दाबी छ । पोखरेलले बिपक्षी नेपाली कांग्रेसले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउँछन् भनि लगाएको आरोपको पनि प्रतिवाद गरेका छन ।
उनले भने–‘हामीले जारी गरेको घोषणा पत्र अनुसार काम गर्छौँ, अहिलेको संविधान जारी गर्दा वामहरु अग्रपङितमा थियाँै, संविधान जारी गर्ने बेलामा को भाग्न खोजेको त्यो सबैलाई थाहा छ, हामी आफुले जारी गरेको संविधानको सर्वोच्चताको रक्षा गर्छौ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्