सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ७० नाघ्यो

लगातार परेको मुसलधारे बर्षाका कारण देशैभर गएको बाढीपहिरोले ७० जना भन्दा बढिको ज्यान गएको छ भने दर्जन बढि बेपत्ता भएको खबर छ । बाढीपहिरोले दर्जनौँ घाईते भएका छन् भने सयौँलाई विस्थापित बनाएको छ । करोडौँको धनसम्पति बगाएको छ । देशभरको जनजिवन अस्तव्यस्त बनाएको छ ।

बर्षासँगै आएको पहिरोका कारण सबैभन्दा धेरै प्युठानमा ३८ जनाको ज्यान गएको छ भने ६ जना अँझै बेपत्ता छन् । त्यस्तै गुल्मी, पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, झापा लगायतका जिल्लामा पनि ठुलो क्षति भएको विवरण छ । बाढीमा फसेका सयौँलाई उद्धार गरिएको छ ।

Pyuthan Flood

प्युठान जिल्लाको फोप्ली–३ का चेतमान पुन र शेरबहादुर पुनको मृत्यु भएको छ भने फोप्ली–४ मा दुई जना बालबालिकाको सनाखत हुन बाँकी छ । फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसीको मृत्यु भएको छ भने फोप्ली–३ का मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ ।

फोप्ली–६ का हरिबहादुर केसी, विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको ज्यान गएको छ । उता अर्खा–६ का देवबहादुर बुढा, हिमाल बुढा, जमुना बुढाले ज्यान गुमाएका छन भने माजकोट गाविसकी जाली पुनको पनि पहिरोमा परी मृत्यु भएको छ । एक महिला र एक पुरुषको सनाखत हुन बाँकी छ ।

त्यस्तै खवाङ–७ की दिलमाया केसी, खवाङ–३ मा दविले सुनार, डिके सुनार, पुजा गाविस वडा नं. १ का सुपारी मल्ल र उनका छोरा मुकेश मल्ल, लुङ–६ मा शिवबहादुर सुनार, लुङमा रञ्जना केसी र शुसीला केसीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

फोप्ली ३ मा नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै फोप्ली–४ का सेमली पुन र छमी पुनको पनि पहिरोमा परी मृत्यु भएको छ ।

Gulmima gayako pahiro

पश्चिमाञ्चलको पाल्पा दोभान–५ झुम्साकी १६ वर्षीय अस्मिता बिक, पाल्पा गोठादी–५ का तामबहादुर कनौजे, खगिसरा कनौजे, छोरी यशोदा कनौजेले पहिरोमा परी ज्यान गुमाएका छन् ।

बाग्लुङको राजकुट–७ कुडुलाका दुजी लोप्चन, टिकी लोप्चन, दर्लिङ–९ का ७८ वर्षीय दके पुन, देवी बुढामगर, दर्लिङ–३ का सन्दीप बुढामगर र यमुना बुढा मगरको पनि पहिरोमा परी मृत्यु भएको छ ।

यस्तै, गुल्मी बिसुखर्क– ९ का सुजन राना, सिमना राना, हस्तिचौर–१ मल्दीकी तुलसी दर्जी, अस्मिता दर्जी, कालिका दर्जी, ह्वाङ्दी–३ मा विष्णुप्रसाद घिमिरे र ह्वाङ्दी–५ की आशा घर्तीको मृत्यु भएको छ ।

अर्घाखाँचीको ठाडा–५ स्थित कोठिया मैदान बस्ने सारदा घर्ती, पोखराथोक–९ डाङ्ग्रे की दानीकुमारी राजकोटी, सिद्धारा–६ दुम्सीकी मानकुमारी आले र कपिलवस्तु कजरहवा–९ का रामगुलाम कलवारको पनि मृत्यु भएको छ ।

इटहरी–२ का अनिल धामीको शब बौका खोलामुनि फेला परेको छ । सप्तरीमा कोबर्साईन–४ स्थित स्थानीय खोलाले बगाउँदा विराटनगर निवासी २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता भएका छन् ।

Kapilbastuma aayako badhi

झापाको गेउरिया खोलाले बगाएर झापा तोपगाछीकी ७० वर्षीया जयकुमारी राईको मृत्यु भएको छ । झापाकै माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डी बेपत्ता छन् ।

त्यस्तै गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्काको पनि बाढीमा परी ज्यान गएको छ ।

झापाको राजगढ–खाडीगाउँमा पानिको खाल्डोमा डुबेर मिलन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईँका १० वर्षीय विक्की सिंह, अतिश बानियाँ र श्यामलाल कहारको पनि पोखरीमा डुबेर मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा मनमाया स्याङतानको घर पहिरोले पुरिँदा उनका छोरी, ज्वाइँ र नातीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेका छन् ।

उदयपुरको रामपुर–२ स्थित गुहे खोलाले बगाएर खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ । त्यसैगरी, तपेश्वरी–१ बस्ने मानबहादुर प्रधानका १३ वर्षका छोरा ऋतु प्रधानको सोमबार अपराह्न घरनजिकै पानीको खोल्सामा डुबेर मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS