सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

केपी ओलीलाई पहिलोपटक भित्तामा पुर्याए देउवाले

सँधै बोलीको तिरले बिपक्षिलाई खुत्रुक्कै पार्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भित्तामै टाँसीनेगरी जवाफ पर्काएका छन ।

ठाउँठाउँमा भईरहेका बम बिस्फोटका घटनासँग जोडेर ओलीले सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाईरहेको बेला प्रधानमन्त्री देउवाले ‘ओलीले भोट हालिसकेपछी पनि चुनाव सारेको सपना देख्नेछन’ भन्दै व्यङ्ग्य गरेका छन ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली अहिले पनि चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् । शनीबार महेन्द्रनगरको चुनावी सभामा देउवाले भने–‘उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ ।’

सम्बोधनमा देउवाले भने–‘शेरबहादुरले चुनाव सार्नेछ, चुनाव सर्छ भनेको भन्यै हुनु हुन्छ । आजभोलि चुनाव सरेको सपना देख्या देख्यै हुनु हुन्छ, उहाँले । अब सपना देख्ने काम छैन ओलीजी ।’

प्रधानमन्त्री देउवाले आफ्नो हरेक भाषनमा भन्दै आएको ‘एमाले र माओवादी एकदलीय कम्युनिस्ट शासन ल्याउन लागिपरेका छन’ भन्ने कुरा महेन्द्रनगरमा पनि दोर्होयाए । देउवाले भने–‘संविधान च्यातेर उनीहरु राष्ट्रपतीय पद्धतिमा जान्छु भन्दैछन । अहिले सबैलाई अधिकार दिइएको छ । राष्ट्रपतीय पद्धति त एक जनाको मात्र भइहाल्यो नि ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS