नेपालमा गाई काट्न देउ; अमेरिकी धार्मिक आयोग
अमेरिकाको एक सरकारी संस्थाले नेपालमा धार्मिक सद्भाव भडकाउने रिपोर्ट जारी गरेको छ । अमेरिकाको अन्र्तराष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भए पनि नेपालमा धार्मिक स्वतन्त्रता नभएको रिपोर्ट जारी गरेको छ ।
रिपोर्टमा नेपालमा धर्म परिवर्तन गराउन नपाइने व्यवस्थालाई हटाउनु पर्ने, गाई काट्न वा त्यसका मासु उपयोग गर्न पाउने स्वतन्त्रता दिनुपर्ने उक्त अमेरिकी सरकारले नेपाल सरकारलाई दबाब दिन अमेरिकी धार्मिक आयोगले सिफारिस दिएको छ ।
अमेरिकी धार्मिक आयोगका प्रतिवेदनमा भनिएको छ –‘यस संस्था संयुक्त राज्य अमेरिकी सरकारले नेपाललाइ धर्म परिवर्तन र गाईको व्यवहारलाई अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रताको मापदण्डहरू अनुसार ल्याउन आफ्नो संवैधानिक र कानुनी निष्प्रभाव तुल्याउन वा परिवर्तन गर्न दबाब देओस् भन्ने सिफारिस गर्छ ।’
त्यतिमात्र नभई अमेरिकाले चीनबाट भागेका तिब्बतीहरूलाई स्वतन्त्र रूपमा नेपाल हुँदै भारत जानका लागि नेपाललाई सुरक्षित आश्रय स्थल बनाउनका लागि समेत दबाब दिन उक्त आयोगले अमेरिकी सरकारलाई सिफारिस गरेको छ । नेपाल सरकारको धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धि निर्णयहरूमा भारत र चीन सरकारको दबाबमा हुने गरेको आरोप लगाइएको छ ।
भारतीज जनता पार्टी (भाजपा) नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेको भन्दै हिन्दुवादीहरूलाई अल्पसंख्यक धार्मिक समुदायप्रति हिंसा प्रयोग गर्ने, विदेभकारी व्यवहार गर्ने, धार्मिक रूपमा व्याख्या गर्ने र डरको वातावरण बनाउने तथा राष्ट्रमा गैर–हिन्दुलाई स्वागत नगर्ने भनेर उक्त अमेरिकी संस्थाले आरोप लगाएको छ । यसैगरी चीनले नेपाललाई दलाई लामा अस्वीकार गर्न तथा तिब्बतीलाई नेपाल हुँदै भारत जान प्रतिबन्ध लगाएको उल्लेख गरिएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्