हेर्नुहोस प्रारम्भिक नतिजा, वामगठबन्धन अगाडी
पहिलो चरणको मतगणना प्रारम्भ भएसंगै मतपरिणाम आउन पनि सुरु भएको छ । पुर्वि रुकुमको ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् ।
नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्तिका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।
जाजरकोटमा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भएको छ । सार्बजनिक गरिएको मतपरिणाम अनुसार माओवादीका शक्ति वस्नेत ६०७ ल्याएका छन भने कांग्रेसका राजीव शाहले ४३७ मत ल्याएका छन ।
जाजरकोटमा प्रदेश ख को पनि मतपरिणाम सार्बजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका दीपकजंग शाहले २८१ मत ल्याएका छन भने एमालेका करवीर शाहीले ७१४ मत ल्याएका छन ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा पनि मतपरिणाम सार्बनिक भएको छ । माओवादीका अग्नि सापकोटाले ७३५ मत ल्याएका छन भने नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ३३५ ल्याएका छन ।
मुस्ताङमा पनि प्रतिनिधिसभातर्फको मतपरिणाम सार्बजनिक भएको छ । मुस्ताङमा एमालेका प्रेम तुलाचनले २७१ मत ल्याएका छन भने कांग्रेसका रोमी गौचनले २५४ मत ल्याएका छन ।
ताप्लेजुङमा पनि प्रारम्भिक नतिजा आएको छ । योगेश भट्टराईले सुरुवाती अग्रता लिएका छन् । उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् । कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्