सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश सभामा विजयी हुँदै कांग्रेसले खाता खोल्यो

प्रदेश सभामा विजयी हुँदै नेपाली कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घले मनाङको प्रदेश सभा ‘क’ बाट विजयी भएका छन ।

घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराएका छन ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याएका छन । मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे)ले जितेका छन् । प्रतिनिधिसभामा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्