बाजुरा, मुगु, जुम्ला र हुम्ला वामगठबन्धनमय
बाजुराको प्रदेशसभा (ख) मा एमालेका प्रकाश शाह विजयी भएका छन् । शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी भएका हुन् । शाहले १८ हजार १८६ मत ल्याएका छन भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ एउटा मात्रै क्षेत्र रहेको मुगुमा एमालेका उम्मेदवार गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले १३ हजार ३४ मत ल्याएका छन भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।
यता जुम्ला प्रदेशसभा ‘ख’ मा एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् । जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा पनि वाम उम्मेदवार अगाडी छन् ।
उता हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्