सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा एमालेले प्रतिनिधिसभातर्फ कहाँकहाँ जित्यो ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएका मतपरिणाम र अग्रताका हिसाबले एमाले अग्रस्थानमा छ । हालसम्म सार्बजनिक भएका प्रतिनिधिसभाको मतपरिणाम अनुसार २२ ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन ।

मतगणना आउन बाँकी क्षेत्रहरुमा पनि ५४ ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारले अग्रता लिईरहेका छन । यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ एमाले विजयी भएका स्थानहरुको सुती तल हेर्नुहोस;

नेकपा एमाले प्रतिनिधि सभामा विजयी भएका स्थानहरु

  1. म्याग्दी, भुपेन्द्रबहादुर थापा (२३३०८)
  2. मनाङ,, पाल्देन छोपाङ गुरुङ (२३००)
  3. मुस्ताङ, प्रेमप्रसाद तुलाचन (३५४४)
  4. मुगु, गोपालबहादुर बम (१३०३४)
  5. बझाङ, भैरवबहादुर सिंह (३४६१२)
  6. डोल्पा , धनबहादुर बुढा (११७६१)
  7. बाजुरा, लालबहादुर थापा (२८०५८)
  8. दार्चुला, गणशसिंह ठकुन्ना (२८९९८)
  9. बाग्लुङ, सूर्यराज पाठक (३३६५७)
  10. ताप्लेजुङ, योगेश भट्टराई (२९४७९)
  11. ललितपुर, कृष्णलाल महर्जन (२७७१३)
  12. धादिङ १, भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं–३, कृष्णबहादुर राई (१९१६९)
  14. मोरङ–३, भानुभक्त ढकाल ( ४२४१३)
  15. मोरङ–६, लालबाबु पण्डित (३३९४१)
  16. काठमाडौं–८, जीवनराम श्रेष्ठ (१३३०७)
  17. ओखलढुंगा, यज्ञराज सुनुवार (३२५८०)
  18. सिन्धुपाल्चोक–२, शेरबहादुर तामाङ (३८४०१)
  19. मोरङ–१, धनश्याम खतिवडा (३७५२४)
  20. काठमाडौं–९, कृष्ण गोपाल श्रेष्ठ (२२८५२)
  21. धादिङ –२, खेमप्रसाद लोहनी (३६२५६)
  22. दोलखा, पार्वत गुरुङ्ग (५५९५४)

फेसबुकबाट कमेन्ट गर्नुहोस्