प्रदेशसभातर्फ कहाँ–कहाँ जित्यो एमालेले ? सुचीसहित
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएका मतपरिणाम र अग्रताका हिसाबले एमाले अग्रस्थानमा छ । हालसम्म सार्बजनिक भएका प्रदेशसभाको मतपरिणाम अनुसार २० ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन ।
मतगणना आउन बाँकी क्षेत्रहरुमा पनि प्रदेशसभाका ५८ ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारले अग्रता लिईरहेका छन । यो समाचार तयार पार्दासम्म प्रदेशसभातर्फ एमाले विजयी भएका स्थानहरुको सुती तल हेर्नुहोस;
प्रदेशसभातर्फ नेकपा एमाले विजयी भएका स्थानहरु
- जुम्ला, ‘ख’, पदमबहादुर रोकाय (१०४५८)
- म्याग्दी, ‘ख’, नरदेवी पुन (१०८७२)
- मुस्ताङ, ‘क’, इन्द्रधारा विष्ट (११६७)
- मुस्ताङ, ‘ख’, महेन्द्र बहादुर थकाली (२५८४)
- हुम्ला ‘क’, दलबहादुर रावल (७१५८)
- कालिको ‘क’, कुर्मराज शाही (११९३५)
- जाजरकोट ‘ख’, करवीर शाही (१२१५३)
- ओखलढुंगा ‘क’, अंबिर गुरूङ (१८०८)
- धादिङ–१ ‘क’, राजेन्द्रप्रसाद पाण्डे (२७३३२)
- डोल्पा–१ क, नन्दसिंह बुढा (५४९०)
- बझाङ, अर्जुनबहादुर थापा (१३५११)
- बाजुरा–१ ख, प्रकाश शाह (१८१८६)
- बाजुरा–१ क, बलदेव रेग्मी (९८४०)
- जाजरकोट–१ ख, करविर शाह (१५१८५)
- धादिङ–२ क, रामकुमार अधिकारी (२०३६८)
- ताप्लेजुङ, बलबहादुर साम्सोहाङ (१५४१७)
- बागलुङ, इन्द्रलाल सापकोटा (१७९१३)
- सोलुखुम्बु क, उत्तम बस्नेत (१०६६८)
- सोलुखुम्बु ख, बुद्धीकुमार राजभण्डारी (१०३७८)
- भोजपुर–१ ख, शेरधनराई (२०३२२)
फेसबुकबाट कमेन्ट गर्नुहोस्