सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेसबाट पढेका, माओवादीबाट लडेका मन्त्री

कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले पहिलो चरणमा ६ सदस्यीय मन्त्रीपरीषद गठन गरेको छ । सत्ता गठबन्धनका दुबै ठुला दलभित्र कसलाई मन्त्री बनाउने भन्ने बिषयमा टुङ्गो नलागेपछी पहिलो चरणमा प्रधानमन्त्री सहीत ६ सदस्यीय मन्त्रीपरीषद गठन गरीएको हो । नवगठीत मन्त्रीपरीषदमा कांग्रेसबाट पढेकाहरु मन्त्री बनेका छन् भने माओवादीबाट युद्ध लडेकाहरु मन्त्री बनेका छन ।

कांग्रेसभित्र रामचन्द्र पौडेल समूहले चर्को असन्तुष्टि जनाइरहेको छ भने माओवादीभित्र पनि बाहिर नआए पनि मन्त्रीका आकांक्षीहरु धेरै भएकाले सहमति जुटाउन हम्मे परिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार दिउँसो पद तथा गोपनियताको सपथ खानु पहिले मन्त्रीपरिषद गठन गर्नुभएको हो । नवगठीत मन्त्रीपरीषदमा २ जना उपप्रधानमन्त्री र ३ जना मन्त्री छन ।

Cabinate of prachanda

प्रधानमन्त्री दाहालले कांग्रेसका विमलेन्द्र निधि र आफ्नै पार्टीका कृष्णबहादुर महरालाई उप–प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । दोस्रो पटक उप–प्रधानमन्त्री बन्नुभएका महरा रोल्पा क्षेत्र नं. १ बाट र पहिलोपटक उप–प्रधानमन्त्री बन्नुभएका निधि धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित हुनुभएको हो ।

नवगठित मन्त्रीपरीषदमा नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका गौरीशंकर थारू र दलजित विके श्रीपाली मन्त्री नियुक्त हुनुभएको छ । कांग्रेसका लेखक कञ्चनपुर–४ र थारु कैलाली–४ बाट निर्वाचित हुनुभएको हो भने श्रीपाली समानुपातिक कोटामा सांसद बन्नुभएको हो । थारु र श्रीपाली सरकारमा नयाँ अनुहार हुन ।

कांग्रेसबाट मन्त्री बन्नुभएका निधि र लेखकले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ भने प्रधानमन्त्री दाहाल र महराले स्नातकसम्म पढनुभएको छ । श्रीपालीले प्रमाणपत्र तहसम्म र सबैभन्दा कम उमेर ३५ बर्षमा मन्त्री बन्नुभएका थारुले एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्