चुच्चेभिरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
गोरखाको फिलिमबाट बिरामी लिएर काठमाण्डौका लागी उडेको नाइन एन एकेए कलसाइन भएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनी जंगलको भीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
गोरखाको सिर्दिबास ८ फिलिम भन्ने ठाउँबाट पाँच दिनकी सुत्केरी सहीत बिरामी लिएर काठमाण्डौ आउँदै गरेको हेलिकप्टर नुवाकोटको मदनपुर–९, बेतिनीको जंगलमा रहेको चुच्चे भीरमा दुर्घटना भएको हो ।
हेलिकप्टर दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बु सहित १९ वर्षीया सुत्केरी प्रिति गुरूङ र उनको ५ दिनको शिशु, उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, सासु ५६ वर्षीया अज्ञानी गुरूङ र काठमाडौंबाट हेलिकप्टर लिएर फिलिम पुगेकी लक्ष्मी गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीय सामाजिक संस्थामा काम गर्ने स्टाफ नर्स सुनसरीकी २२ वर्षीया निशा तामाङको पनि ज्यान गएको छ । परिवारसँग नाता नखुलेको भए पनि हेलिकप्टर लिएर जाने लक्ष्मी पनि गुरुङ परिवारकै सदस्य हुनसक्ने स्थानीय प्रसाशनले अनुमान गरेको छ ।
फिलिमबाट १२ बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर दिउँसो १२ बजेर ३२ मिनेट पछी त्रिभुवन बिमानस्थलको टावरसँग सम्पर्क बिहिन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
दिउँसो करिव १ बजेतिर स्थानीयले जंगलमा आगो लागेको देखेको सुचना दिएपछी नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल गएको थियो ।











फेसबुकबाट कमेन्ट गर्नुहोस्