सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अरिङ्गालले टोकेर दुई बालबालिकाको मृत्यु

बाँदर हेर्न गएको बेला अरिङ्गालले टोकेर जाजरकोटमा दुई बालबालिकाको ज्यान गएको छ । भेरीमालिका–७, खातीगाउँका नरोज पुनका ५ वर्षीय छोरा रिजन पुन र कलावती पुनकी तीन वर्षीया छोरी भावना पुनको मृत्यु भएको हो ।

शनिबार घर नजिकै बाँदर हेर्न गएका बालबालिकालाई एक्कासि अरिङ्गालले टोक्दा घाइते भएका उनीहरुको उपचारको अभावमा आइतबार बिहान मृत्यु भएको हो । बालकका बाबु नरोजले भन –“नजिक स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन, घरेलु उपचार गर्यौं तर बचाउन सकिएन ।”

Aringaal--Hornet

बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरुलाई टोकेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताउनु भएको छ । अरिङ्गालको टोकाईबाट कलावतीकी अर्की सात वर्षीय छोरी कविता पुन गम्भीर घाइते भएकी छन् ।

घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर बाँदर हेर्न गएकी थिइन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ ।

जिल्लाका ग्रामीण भेगमा मकैको सुरक्षाका लागि बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन रही आएको छ । मृतक बालबालिका दिदी भाइका छोराछोरी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्