नेविसंघमा गुटको बिबाद, विद्यार्थी र प्रहरीबीच झडप
लामो समयपछी नयाँ नेतृत्व छनोटका लागी महाधिवेशनमा जुटेको नेविसंघमा आपसी गुटको बिबादले समयावधी धकेलिएको छ । दुई समुहबिच पटक पटक झडप र बिबादले उग्र रुप लिँदा प्रहरीलाई नियन्त्रणमा लिन समेत धौधौ परेको छ । बिबादका कारण भोली हुने भनिएको निर्वाचन फेरी पर्सीलाई सरेको छ ।
आईतबार पनि महाधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपा घेराउ गर्न गएको नेपाल विद्यार्थी संघको समूह र प्रहरीबीच झडप भएको छ । पार्टी कार्यालय छिर्न गएका करिब चार सय विद्यार्थीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । त्यसक्रममा प्रहरीलाई विद्यार्थीले ढुंगा हानेका थिए ।
प्रहरीले विद्यार्थीलाई पार्टी कार्यालय घेर्न रोकेपछी झडप सुरु भएको हो । प्रहरी र विद्यार्थीको झडपका कारण सानेपा सडक नै अवरुद्ध भएको थियो । विद्यार्थीले महाधिवेशन स्थगित गर्न माग गर्दै सडकमै नाराबाजी गरेका थिए ।
प्रतिनिधि सूची हेरफेर भएर सार्वजनिक भएको भन्दै वरिष्ठ नेता रमचन्द्र पौडेल समुहले बिरोध गरिरहेको छ । पौडेल समूहले महाधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ ।
उता नेविसंघ महाधिवेशन विवाद समाधान निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले महाधिवेशन कुनै हालतमा नरोकिने बताएका छन् । कांग्रेस नेता समेत रहेका संयोजक महतले भने, ‘महाधिवेशन कुनै हालतमा रोकिँदैन ।’
प्रतिनिधि फर्जी भएको भन्दै रामचन्द्र पौडेल समूहले चुनावी प्रक्रिया रोक्न माग गरेपछि निर्देशक समितिले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेको थियो । महतले फर्जी प्रतिनिधि छनौट गरिएको भनेर हल्ला चलाइएपनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
नेविसंघको पूर्व अध्यक्ष प्रदिप पौडेलले यदि प्रतिनिधि बढी भएको भए घटाउन सकिने बताए । ‘उपत्यका र टोटल सिलिङमा बढी भएको छ भन्ने लाग्छ भने घटाउन समस्या छैन’ उनले भने, तर, जुन सुकै मूल्यमा चुनाव गर्नुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्