सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विर्तादेउराली दुर्घटना, न रुट न ड्राईभरको लाईसेन्स

गत सोमबार २७ जनाको ज्यान जानेगरी काभ्रेको विर्ता देउरालीमा दुर्घटना भएको बसले रूट परमिट नै नलिएको पाईएको छ । सो रूटमा सार्वजनिक यातायात सञ्चालन गर्न हालसम्म परमिट नै जारी नगरेको यातायात व्यवस्था विभागले बताएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारीका अनुसार दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं–जिरी का लागी रूट परमिट पाएको थियो । ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भन्नुभयो–‘उक्त बसलाई काठमाडौं–जिरी चलाउन परमिट दिइएको थियो ।’

Kavre birtadeurali bus accident photo

धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको अधिकारीले बताउनु भएको छ । दुर्घटनामा परेको बसका चालकको लाइसेन्स पनि नक्कली भएको खुलेको छ ।

भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको हो । गत सोमबार काभ्रेको विर्तादेउरालीमा भएको गाडी दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने ४१ जना जना घाईते भएका थिए । केही घाईतेको अवस्था अँझै गम्भीर रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्