सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बस त्रीशुलिमा खस्यो, २० को मृत्यु, १७ घाईते

रौतहटको गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ । दुर्घटनामा परि १७ जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । बस मुग्लिन र नारायणघाटको बिचमा पर्ने चन्डीभन्ज्याङ-५, कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको छ ।

bus-acc-1

बिहान करिव ५ बजे गस्तीमा निस्किएको बेला प्रहरी टोलीले बस नदीमा तैरिरहेको देखेको थियो । एसपी बसन्त कुँवरले दिएको जनकारी अनुसार २० जनाको शव बसबाट बाहिर निकालिएको छ । १७ जना घाईतेलाई उद्धार गरेर उपचारको लागि भरतपुर पठाइएको छ भने केहीको अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।

Trishuli bus accident1

स्थानीयबासी, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन । उद्धार तथा खोजी कार्य भैरहेको छ । बसको केही भागमात्र नदी बाहिर देखिएको थियो । बसमा सवार यात्रु विहिबार साँझ ५ बजे गौरबाट लोकसेवाको परिक्षा दिन पोखरा हिँडेका थिए । बसमा करिव ४० जना सवार रहेको अनुमान प्रहरीले गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्