माटो पनि भारतबाट ल्याउँछ नेपाल
तपाईलाई लाग्नसक्छ ! कतै माटो पनि भन्सार तिरेर ल्याईन्छ र ? तर, सत्य यही हो की, बिभिन्न सामाग्री निर्माणका लागी प्रयोग हुने माटो भन्सार तिरेर नै आयात गर्ने गरीएको छ । माटोका सामाग्री बनाउने सेरामिक्स उद्योगका लागी यो बाध्यता जस्तै हो ।
आधुनिक सेरामिक्सका सामान बनाउनका लागी प्रयोग हुने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्ने गरेका छन् ।
आधुनिक र अत्याधुनिक सेरामिक्स उद्योग नेपालमा नगन्य मात्र रहेकाले माटोका तयारी सामानको आयात बढेको छ । यसवर्ष चार अर्ब ३७ करोड २९ लाख ७५ हजारको विभिन्न प्रकृतिका माटोबाट निर्मित सामान भित्रिएको भन्सार विभागले तथ्यांकमा उल्लेख छ ।
नेपालले घरायसी रुपमा प्रयोग हुने उक्त सामान विश्वका २८ मुलुकबाट आयात गर्ने गरेको छ । भान्छामा प्रयोग गरिने कप तथा डिनर प्लेट, सजावटका सामग्री एवम् शौचालयमा प्रयोग गरिने टायल, प्यान लगायत सामान अन्य देशबाट आयात हुँदै आएका छन् ।
आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशमा कच्चा पदार्थको उत्पादन तथा उत्खनन् गर्नुपर्ने हुन्छ । नेपालमा सेरामिक्स उद्योगको सम्भावना राम्रो भएको व्यापारीहरुले बताएका छन । यसवर्ष रु. पाँच करोड ५७ लाख ७२ हजारको सेरामिक्स (हस्तकला) प्रयोजनका सामान नेपालबाट निर्यात भएको छ ।
नेपालमा अझैसम्म स्वेदशलाई धान्न सक्ने सेरामिक्स उद्योग सञ्चालनमा ल्याउन सकिएको छैन । विश्वमा सबैभन्दा धेरै सेरामिक्सका सामान प्रयोग गर्ने देश चीन हो । चीनले भान्सामा अधिकांश सेरामिक्सका भाँडा प्रयोग गर्ने गरेको छ । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्