सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रियता र जनजीविकाको लागी बन्दुकः वैद्य

लोकराज जैसी/कोहलपुर
राज्यले जनताका समस्याहरु समाधान नगरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैैद्य किरणले राष्ट्रियता र जनजीविकाको लागी आफ्नो पार्टी बन्दुक उठाउन तयार रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीको धारणा राख्दै वैद्यले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष वैद्यले हिँजो जनयुद्ध गर्दा पार्टीले उठाएका मुद्धाहरु राज्यले अहिले सम्म सम्बोधन नगरेको भन्दै गरीव जनताका गाँस, बाँस र कपासको समस्या समाधानका लागी पनि बन्दुक बोक्नुपर्ने आवस्यकता देखिएको बताउनु भएको हो । वैद्यले क्रान्तिकारीको नाममा सत्तामा गएकाहरुले जनतालाई धोका दिएको भन्दै जनता अब आफ्नो नेतृत्वमा राज्यको गलत निती बिरुद्ध फेरी पनि बन्दुक बोक्न तयार रहेको बताउनुभयो ।

Nepal communist parti krantikari

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै वैद्यले भन्नुभयो–‘संर्घष इच्छाले होईन, बाध्यताले सृजना गर्छ, राज्यले जनतालाई फेरी बन्दुक उठाउन बाध्य पारेको छ ।’ विप्लव सँग स्पष्ट राजनितिक कार्यदिशा नभएको र बावुरामले क्रान्तिको धार छोडिसकेको भन्दै वैद्यले अब जनवादी क्रान्ति आफ्नै पार्टीको नेतृत्वमा हुने तर्क प्रस्तुत गर्नुभएको थियो ।

स्थानिय निकायको निर्वाचनमा पार्टीले आवश्यकता अनुसार उपयोग र वहिष्कारको निति प्रयोग गर्ने बताउँदै उहाँले सरकारले निर्वाचन गर्न सक्ने सम्भावना नदेखेको बताउनुभयो । गुटगत अवसरवाद र दक्षिणपन्थीहरु पखालीएर गएपछि पार्टीमा क्रान्तिकारी धार बलियो र सुढृढ हुँदै गएको बताउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्