सरकारले भेट्यो देशभर साढे ३ लाख गरिब
सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरबाट तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले देशभरका २५ जिल्लामा गरेको प्रारम्भिक सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ ।
अति गरिबमा ५० प्रतिशत छन, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् । दुख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने गरीब ३० प्रतिशत छन् । त्यस्तैगरी गरिबीको सङ्घारमा २० प्रतिशत छन्, जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा रहेका छन् ।
मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य तथा नातागत पहुँचजस्ता विषयलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो । धेरै गरिब कर्णालीमा भेटिएका छन् ।
केहीका बारेमा उजुरुी परेकाले आगामी असोज सम्ममा गरिने दोस्रो चरणको सर्वेक्षणमा केही संख्या घट्न सक्ने मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिनुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्