मेलम्चीमा बस दुर्घटना, ३ को मृत्यु, ९ घाईते
काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ जाँदै गरेको बस दुर्घटना भएको छ । बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका–१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।
बा२ख ४३२५ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ ।
बसमा सवार ३५ जनामध्ये नौ जना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्