सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सत्ताको दुरुपयोग गरी पैसा बाँड्दै माओवादी

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका नेताको दबाबमा विभिन्न जिल्लामा करिब एक अर्ब रुपैयाँ बराबरका बिकास योजना पेस्कीका रुपमा स्वीकृत भएको पाईएको छ ।

तीमध्ये १० करोड रुपैयाँभन्दा बढी योजना प्रक्रियाभन्दा बाहिरबाट माओवादी केन्द्रका नेताले कार्यकर्ता, आफ्नो परिवार, इस्टमित्रका नाममा बाँडेर पेस्की रकम दिन लागेका हुन् ।

अर्थ मन्त्रालयले जिल्ला विकास परिषदले स्वीकृत गरेभन्दा बाहिर गई गुल्मी, पाल्पा, कास्की, चितवन, रुकुम, रोल्पा, दाङ, प्यूठान, झापा, नुवाकोट लगायत, जिल्लाका लागि पेस्की रमक दिने प्रस्ताव स्वीकृत गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्