सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व गृहमन्त्री खुमबहादुर खड्काको दिल्लीमा निधन

पुर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । खड्काको शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

निमोनिया र मिर्गाैलामा गम्भीर समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा खड्काको उपचार भइरहेको थियो । उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै कांग्रेस कार्यकर्ताले रकम संकलन थालिरहेका बेला उनको निधन भएको हो । एपोलो अस्पतालले खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको थियो ।

खड्काकी छोरी पुनमले पनि बाबुको निधन भएको पुष्टि गरेकी छन् । खडका गम्भीर विरामी भएपछि एपोलो अस्पतालमा उपचार गराइरहेका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा खड्काको निधन भएको हो ।

आर्थिक अभावका कारण खड्कालाई दिल्लीको एम्स अस्तपतालमा सार्ने तयारी भइरहेको थियो । दिल्लीस्थित नेपाली दूतावासले एम्समा उपचारको व्यवस्था मिलाइसकेको थियो । तर, स्वास्थ्य जटिल भएपछि एम्स सार्न सकिएको थिएन ।

गम्भीर बिरामी परेपछि खड्कालाई गत फागुन ४ गते शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पनि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्