सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्रमा सेन्टरमा अमेरिकी नागरिकद्धारा आत्महत्या

उपचारका लागी ट्रमा सेन्टर लगिएका एक अमेरिकी नागरिकले छैटौँ तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् । महानगरिय प्रहरी परिसर, काठमाण्डौले जोन नाम गरेका ती अमेरिकी नागरिक (पूरा नाम खुल्न बाँकी) ले ट्रमा सेन्टरको छैटौँ तल्लाबाट हामफालेको पुष्टि गरेको छ ।

गत १६ गते उनी भिषाको अवधी समाप्त भएका कारण बिना भिषा गैरकानुनी रुपमा बसेको आरोपमा पक्राउ परेका थिए । उनलाई अध्यागमन विभागले आफ्नै हिरासतमा ल्याएको थियो ।

हिरासतमा नै उनले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार उनले सुरक्षामा खटिएका दुई जना प्रहरीलाई धकेलेर हाम फालेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्