सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भत्ताको लोभमा सबै बच्चा जन्माउन लागे भने ?

नेकपा एमालेका सांसद विरोध खतिवडाले केही स्थानीय तहले औचित्यहीन निर्णय गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको संसद बैठकमा खतिवडाले इलाम नगरपालिकाको निर्णयतर्फ ध्यानाकर्षण गराएका हुन् । ईलाम नगरपालिकाले चैत १ गतेदेखि लागू हुने गरी बढी सन्तान जन्माउने प्रसूतिलाई बढी सेवासुविधा दिने कार्यक्रम ल्याएको छ ।

नगरको नाम नलिई सांसद खतिवडाले भने, पूर्वको एउटा नगरपालिकाले भनेको छ, जति धेरै बच्चा जन्मायो, त्यति भत्ता बृद्धि । किन रे भनेर मेयरको अन्तरवार्ता सुन्दा आउने ५ वर्षमा महानगर बनाउन रे ।’

उनले अघि भने, यस्तो राम्रो कुरा सबै नेपालीले सुनेर उत्साहका साथ यही काममा लागे भने .. किन लागेको भन्दा दक्षिण र उत्तरका देशमा धेरै जनसंख्या भए, त्यो संँग प्रतिस्पर्धा गर्न भन्यो भने के गर्ने ?’

संसद खतिवडाले प्रदेशका मन्त्रीहरुको गाडीमा झण्डा प्रयोगबारे पनि ध्यानाकर्षण गराएका छन् । प्रदेश र केन्द्रीय सरकारका मन्त्री उस्तै गाडी र झण्डामा मेची महाकाली दौडाहमा रहेको र ट्राफिक प्रहरीले समेत छुट्याउन नसक्ने अवस्था रहेको उनले बताए ।

प्रदेश र केन्द्रीय सरकारबीच भिन्नता हुनुपर्ने भन्दै उनले मुख्यमन्त्री बाहेक अरुले प्रदेशमा मात्र झण्डावाल गाडी प्रयोग गर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । खतिवडाले अघि भने, ‘अन्यथा सबै प्रदेशका मन्त्रीहरु काठमाडौंमा जम्मा भए भने मन्दिरै मन्दिरको शहर होइन झण्डै झण्डाको सहर हुन बेर लगाउँदैन ।’

उनले प्रदेशसभा सदस्यहरुको लोगोमा पनि एकरुपता हुनु पर्नेमा जोड दिएका छन् । प्रदेश संसदहरुले कसैले लाम्चो, कसैले डल्लो लोगो बनाउन भनेर समिति गठन गरेको भन्दै उनले भोलि सार्वजनिक ठाउँमा भेट्दा नागरिकले च्याप्प समातेर तपाई कति नम्बरी भनेर सोध्ने अवस्था आउने बताएका छन ।

एमाले सांसद खतिवडाले भने, अरुलाई त समस्या नहोला तर, दुई नम्बर प्रदेशमा समस्या हुन्छ । तपाई कति नम्बर भन्दा २ नम्बरी भन्नु पर्ने हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS