देशको अहित हुने, शिर निहुरिने काम हुँदैनः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंका रहित र भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताएका छन ।
उनले अघि भने, ‘मितत्रा कसरी हुन्छ भने सम्वन्ध, समानता र हस्तक्षेपका आधारमा हुन्छ ।’ आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने उनले बताएका छन् ।
ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताएका छन । उनले भने, ‘कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’
जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताएका छन । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताएका छन ।
आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायज चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिएका छन । अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको अहित हुने, शिर निहुरिने कुनै काम हुँदैन, गरिने छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्