सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

छोरी बलत्कार गर्ने बावुबिरुद्ध आमाले दिईन उजुरी

लमजुङमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–४ मा आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

युवतीकी आमाले आफ्नो श्रीमानले बारम्बार छोरीलाई जवरजस्ति करणी गरेको उजुरी दिएपछी प्रहरीले बलत्कारी भनिएका बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका उपरिक्षक विरेन्द्र कुमार बस्यालका अनुसार युवतीकी आमाले २१ गते बिहान प्रहरीलाई उजुरी दिएकी थिईन ।

पक्राउ परेका अभियुक्तले छोरीलाई बलात्कार गरेको स्वीकारको प्रहरी उपरिक्षक बस्यालले जनाएका छन् । आफुले छोरीलाई पछिल्लोपटक गत फागुन २६ गते जर्बजस्ती करणी गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भईरहेको छ । अनुसन्धान कार्य सकिएपछी कारबाही प्रक्रिया अगाडी बढाउने प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS