भनेको केटासँग विवाह नगर्दा छोरीको हत्या
आफ्नै छोरीको हत्या गरेको अभियोगमा नेपाल बिद्युत प्राधिकरणका कर्मचारी दिलिप कुमार यादब जेल चलान भएका छन् । आफुहरुले रोजेको केटासँग बिहे नगरेको भन्दै यातना दिएर छोरीको हत्या गरेका कारण यादब जेल चलान भएका हुन् ।
दिलिप कुमार नेपाल बिद्युत् प्राधिकरणको धनुषा शाखाका कर्मचारी हुन् । यादबले गत महिना १८ वर्षिया छोरी स्नेहा कुमारी यादबको हत्या गरेका थिए । हत्यापछि छोरीको बिरामी भएर मृत्यु भएको भन्दै हतार हतार दाहसंसकार गरेका थिए ।
तर पछि प्रहरीले हत्या गरेको पत्ता लगाई उनलाई फागुन २६ गते पक्राउ गरेको थियो । यादब र हत्यामा सहयोग गर्ने राधेश्याम गोईतलाई जिल्ला अदालतले जेल चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी गराएका छन ।
स्नेहा काठमाडौंको नासा कलेजमा पढ्थिन् । परिवारले उनको एक केटासँग विवाह गर्न लागेका थिए । तर, ती केटाले स्नेहालाई काठमाण्डौमा प्रेमीसँग देखेपछि विवाह रद्द गरेका थिए । प्रहरीले जनाएअनुसार त्यही आरोपमा स्नेहालाई यातना दिएर हत्या गरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्