सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्चना पनेरुका श्रीमान अमेरिकी नागरिक पक्राउ

नेपाली पोर्न स्टार बन्ने सपना पालेकी अर्चना पनेरूका श्रीमान अमेरिकन नागरिक वल्फ प्राइस लागू औषध तथा बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका छन् ।

केही समय अगाडि अर्चना पनेरूसँग बिहे गरेका उनी बस्दै आएको बलम्बुको एक घरबाट प्रहरीले प्राइसलाई लागूऔषधसहित पक्राउ गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुबार बेलुका बलम्बुस्थित उनी बस्दै आएको घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले १२ वर्षका दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्धार गरेको छ । उनीहरु कसरी र किन त्यहाँ आइपुगे भन्ने खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन ।

साथै उनको कोठाबाट ६० प्याकेट नखोलिएका कन्डम र ठूलो मात्रमा प्रयोग भएको कन्डम तथा उत्तेजित बनाउने औषधिसमेत बरामत भएको छ । प्रहरीले उनलाई बाल यौनदुराचारमा संलग्न भएको भन्दै कारबाही अगाडि बढाएको छ ।

खैरेनीबाट ल्याएर घरमा राखेका दुई बालकलाई प्रहरीले उद्धार गरी बाल हेल्प लाइनलाई जिम्मा लगाएको छ । उनी पटक–पटक नेपाल आएको अनुसन्धानबाट देखिएको एसएसपी पोखरेलले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्