भारतबाट नहुने भयो अरुण तेस्रोको शिलान्यास
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संगै स्वीच थिचेर शिलान्यास गर्ने भनिएको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास नहुने भएको छ ।
नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिलान्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलान्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिएका छन ।
‘अरुण तेस्रोको शिलन्यास आज हुँदैन,’ मन्त्री महासेठले भने, ‘नेपालका तर्फबाट गृहकार्य नपुगेको भनेपछि आज यसको स्विच अन नहुनेभएको हो ।’ त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने मन्त्री महासेठले बताएका छन् ।
वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने मन्त्री महासेठले बताएका छन् । महाकाली जस्तै अरुण तेस्रो जलविद्युत परियोजना भारतलाई सुम्पन लागिएको भन्दै नेपालमा आम सर्बसाधारणबाट चर्को बिरोध हुँदै आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्