विप्लवका गतिविधि अतिवादी, कारबाही हुन्छः थापा
गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पछिल्ला गतिविधि अतिवादी र गैरराजनितिक भएको टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेकपाका गतिविधि राजनीतिक प्रकृतिको नभएकाले प्रचलित कानुन अनुसार कारबाही हुने समेत बताएका छन ।
‘संविधान र कानुन विपरीतको गतिविधि राजनीतिक नभई अतिवाद हो’ गृहमन्त्री थापाले भने, ‘त्यस्तो गतिविधि सरकारले नियन्त्रण गर्दछ ।’ उनले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफूले त्यो काम गरिरहेको स्पष्ट पारेका छन ।
मन्त्री भएपछि पहिलो पटक चितवन आएका मन्त्री थापाले चितवनको विकासको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिएको र त्यसमा आफ्नो पनि हिस्सेदारी रहने जानकारी दिएका छन ।
उनले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादित नहुने पनि दावी गरेका छन । सरकारले वैज्ञानिक, नियमसंगत र निश्चित प्रक्रिया अनुसार आईजीपी नियुक्ति गर्ने दाबी गृहमन्त्री थापाको छ । गृहमन्त्री थापाले एमाले र माओवादीबीच वैशाख दोस्रो साताभित्र पार्टी एकता हुने जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्