सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

होटलमा मृत भेटिएकी युवतीको ट्याटुबाट पहिचान

शुक्रबार टोखा नगरपालिका ९ मिलनटोलको भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ । प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ‘रिया’ भएको प्रहरीले जानकारी दिएको छ ।

शरीरमा खोपिएको टाटुको आधारमा उनको पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनको शव खुट्टामा तौलिया र घाँटीमा रुमालले बाँधेको अवस्थामा फेला परेको थियो ।

युवतीसँगै राति गेष्ट हाउसमा आएका दाङ घोराही नगरपालिका–१ का २६ वर्षीय विकास वली फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । ‘यो उनले गेष्ट हाउसको २ सय ३ नम्बरको कोठा बुकिङ गर्दा दिएको नाम हो’, घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने, ‘उनले सही नाम दिएको हो वा झुठो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

शुक्रबार कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी कोठाभित्र मृत अवस्था भेटिएकी थिइन् । बिहिबार राति फरार युवकसँगै होटल गएकी युवती शुक्रबार बिहान बिल लिएर जाँदा मृत अवस्थामा देखेपछी होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्