सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

३३ केजी सुन काण्डमा राप्रपाका नेता गुरुङ पक्राउ

सनम शाक्यको अपहरणपछी हत्या भएसंगै चर्चामा आएको तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो ।

गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी फुटाएपछि प्रजातान्त्रिकमा लागेका हुन् । होटल मनाङका सञ्चालक देवेन्द्र गिरीले होटल मनाङ अहिले आफ्नो भएको बताएका छन् ।

३३ केजी सुन तस्करीमा प्रहरी अधिकारीकै संलग्नता भेटिएपछी गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी प्रधान कार्यालयलाई कडा छानबिन गर्न निर्देशन दिएका छन । गृहमन्त्रालयले तस्करीको सुन प्रकरणमा शंकास्पद भुमिकामा देखिएका प्रहरी अधिकारीहरुको बयान लिईसकेको छ ।

तस्करीको ३३ केजी सुनको आधा हिस्साको लोभमा हत्या गरिएका भरिया भनिएका सनम शाक्यको शब व्यवस्थापनमा प्रहरी संलग्न देखिएपछी गृहमन्त्री थापाले घटनाको कडा छानविन गर्न आदेश दिएका छन । घटनामा प्रहरीको शंकास्पद भुमिका देखिएपछी अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्