बैंक खाता फुकुवा नभए घाईतेको उपचार गर्न सक्दैनौँ
यातायात व्यवसायी सिन्डिकेट अन्त्य गरी कम्पनी अन्र्तगत यातायात सेवा सञ्चालन गर्न सहमत भएपछी सरकारले रोक्का गरिएका २४५ ओटा समितिको बैंक खाता फुकुवा गर्न सहमत भएको खुलासा भएको छ ।
आईतबार भौतीक योजना तथा यातायात ब्यवस्था मन्त्री रघुविर महासेठ र यातायात व्यवसायीबीचको वार्तामा भएको सहमतीबारे जानकारी दिन आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको वक्तव्यमा सो बिषय लुकाईएको व्यवसायीले खुलासा गरेका हुन ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य र उपाध्यक्ष विजय स्वाँरले बैक खाता फुकुवा गर्नेबारे भएको सहमती वक्तव्यमा समावेश नगरिएको भन्दै आपत्ति जनाएका छन । उनीहरुले बैंक खाता फुकुवा नगरेसम्म दुर्घटनाका घाईतेहरुको उपचार खर्च बेहोर्न नसकिने बताएका छन ।
भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’
आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताएका छन ।
यातायातमन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुंग्याउने बताएका छन ।
उनले यातायात क्षेत्रमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई–टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्