सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्विटबारे के भने प्रधानमन्त्री ओलीले प्रचण्डलाई ?

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पौने ३ घण्टासम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको छ । यो छलफलमा प्रचण्डले सोमबार केपी ओलीले गरेको ट्विटका विषयमा प्रश्न उठाएका छन् ।

तपाईले गर्नुभएको त्यो ट्विट को प्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कै थोक सोचेको थिएँ, तर त्यस्तो भाषामा ट्विट गर्दिएछन’ भन्ने जवाफ दिएका थिए ।

दुई शीर्ष नेता बीचको भेटमा पार्टी एकताका लागि विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड पार्टी एकताका लागी निरन्तर छलफलमा छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्